Purbi Garjan

समाचार

समयमा पुग्दैन मेचीनगरको दमकल,आगलागीमा घर खरानी, पीडितको बिचल्ली

समयमा पुग्दैन मेचीनगरको दमकल,आगलागीमा घर खरानी, पीडितको बिचल्ली

मेचीनगर। मेचीनगर–९ कमलचोकमा आगलागी हुँदा एक विपन्न परिवारको घर डढेर पूर्णरूपमा ध्वस्त भएको छ। तर, आगो निभाउनुपर्ने जिम्मेवारी बोकेको मेचीनगरको दमकल यथाकाल झैं ढिलो पुग्दा स्थानीय आक्रोशित बनेका छन्। मनिराज अधिकारी र स्वस्तिका अधिकारीको घरमा मंगलबार बिहान करिब ८ः३० बजे अचानक विद्युत सर्ट भई आगलागी सुरु भएको थियो। छानाबाट निस्केको आगोको मुस्लो देखेर स्थानीयले तुरुन्तै दमकल बोलाए पनि घर पूरै जलेर खरानी भएपछि मात्रै दमकल पुगेको थियो। दमकल फेरि ढिलो, स्थानीयको आक्रोश "घर पूर्ण रूपमा जलेर खण्डहर बनिसकेको थियो, अनि आएर के गर्ने?" एक स्थानीयले भने। दमकल ढिलो पुगेकोमा आक्रोशित स्थानीयले दमकललाई घटनास्थलमै रोकेर फर्काइदिए। यो घटनाले फेरि एक पटक…
Read More
भन्सार महशुल तिरेरै नेपाल छिरेका थिए भारतीय ट्रक, प्रहरीको हतारोले मच्चियो सनसनी

भन्सार महशुल तिरेरै नेपाल छिरेका थिए भारतीय ट्रक, प्रहरीको हतारोले मच्चियो सनसनी

प्रविण अधिकारी झापा । झापाको विर्तामोड–५ बाट आइतबार साँझ नेपाल प्रहरीले भारतीय नम्बर प्लेटका तीनवटा कन्टेनर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको समाचार सार्वजनिक भएसँगै व्यापक चर्चा र भ्रम फैलिएको छ। उक्त कन्टेनरहरूमा बिना भन्सार अवैध रूपमा करोडौं मूल्य बराबरका सामान नेपाल भित्र्याइएको आशंकामा प्रहरीले कारबाही गरेको थियो। तर पछिल्लो विवरणअनुसार ती कन्टेनरहरू नेपाल सरकारले तोकेको कानुनी प्रक्रिया अनुसार भन्सार महशुल तिरेरै नेपाल प्रवेश गरेका प्रमाण पुर्वी गर्जनले फेला पारेको छ । धान रोप्ने मेसिन भित्रिएको थियोे  कन्काई नगरपालिका–५ मा रहेको नोक्मा कृषि फर्मले चीनको वुहान शहरबाट ट्रयाक कम्बाइन हार्भेस्टर मेसिन आयात गरेको थियो। एलसी (लेटर अफ क्रेडिट) प्रणालीमार्फत…
Read More
मेचीनगर–३ का ३१ टोलका किसानलाई कृषि औजार वितरण

मेचीनगर–३ का ३१ टोलका किसानलाई कृषि औजार वितरण

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–३ का ३१ वटा टोल विकास समितिका किसानहरुलाई कृषि औजार वितरण गरिएको छ। वडा कार्यालयलाई नगरपालिकाबाट छुट्याइएको बजेटबाट सोमबार आयोजित कार्यक्रममा किसानलाई विभिन्न प्रकारका साना कृषि औजारहरू प्रदान गरिएको हो। वडा कार्यालय परिसरमा आयोजित वितरण कार्यक्रममा मकै छोड्ने हाते र खुट्टी मेसिन, हातले जोत्ने मेसिन, दबै छिट्ने ट्याङ्की, बेल्चा, फरुवा लगायतका औजारहरू वितरण गरिएको थियो। वडाध्यक्ष हर्कबहादुर बस्नेतका अनुसार, किसानले आफ्ना टोल विकास समिति मार्फत आवश्यक औजारको माग गरेका थिए र कार्यालयले सोही अनुसार उपकरणहरू उपलब्ध गराएको हो। “कृषकहरूलाई कृषि पेसा सञ्चालनमा सहजता होस् भन्ने उद्देश्यले यस्ता औजार वितरण गरिएको हो,” उनले बताए। वडा नं. ३ का…
Read More
नारी सञ्चार गृह झापाको अक्षयकोषमा आर्थिक सहयोग जुट्दै

नारी सञ्चार गृह झापाको अक्षयकोषमा आर्थिक सहयोग जुट्दै

बिर्तामोड। झापाका महिला पत्रकारहरूको साझा संस्था नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। आज आयोजित कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड तथा अग्रसेन भवन बिर्तामोडका अध्यक्ष एवं उद्योगी सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ ले कोषमा नगद २१ हजार रुपैयाँ सहयोग गरेका छन्। सहयोग हस्तान्तरण कार्यक्रममा नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, सहसचिव तथा अक्षयकोष व्यवस्थापन समितिका संयोजक जोश्ना श्रेष्ठ, सदस्य दिपा सापकोटा र नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष विनिशा शर्मा सहभागी थिए। संस्थाका अनुसार हालसम्म अक्षयकोषमा ५० लाख २१ हजार रुपैयाँ संकलन भइसकेको छ। यस्तै, सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले कोषमा एक…
Read More
झापाका १५ पालिका मध्ये सबैभन्दा बढी बेरुजु मेचीनगरमा

झापाका १५ पालिका मध्ये सबैभन्दा बढी बेरुजु मेचीनगरमा

मेचीनगर। झापाका १५ वटा पालिकामध्ये सबैभन्दा बढी बेरुजु भएको नगरपालिकामा मेचीनगर नगरपालिका परेको छ। महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ अनुसार झापामा मेचीनगर नगरपालिका र गाउँपालिका मध्ये  कचनकवलमा सबैभन्दा बढी बेरुजु रहेको पाइएको हो । बुधवार महालेखा परीक्षकको कार्यालयले ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ६.११ प्रतिशत बेरुजु रहेको पाइएको हो । मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । मेचीनगरपछि सबैभन्दा बढी बेरुजु हुने दोस्रोमा कचनकवल गाउँपालिका रहेको छ । कचनकवलमा ४.५१ प्रतिशत अर्थात् ६ करोड ४३ लाख १ हजार…
Read More
झापामा सुरक्षा रणनीति सम्बन्धी राजनीतिक दलसँग छलफल, लागू औषधदेखि मिटरब्याजसम्मका विषय उठान

झापामा सुरक्षा रणनीति सम्बन्धी राजनीतिक दलसँग छलफल, लागू औषधदेखि मिटरब्याजसम्मका विषय उठान

झापा। झापामा हालै पदभार ग्रहण गरेका प्रहरी प्रमुख (एसपी) राजन लिम्बूले जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका नेताहरूसँग सुरक्षा रणनीति सम्बन्धमा छलफल गरेका छन्। छलफलका क्रममा नेकपा झापाका इञ्चार्ज सुमनसिंह सीले जिल्लामा दिनप्रतिदिन गहिरिँदै गएको अपराध नियन्त्रणका लागि पाँच मुख्य विषयमा विशेष कारवाहीको आवश्यकता रहेको सुझाब राखेका छन्। उनले लागू औषधको मुख्य गिरोह विरुद्ध विशेष अपरेशन, क्यासिनोका कारण देखिएको सामाजिक समस्या, मिटरब्याजी र वित्तीय गुण्डागर्दी विरुद्ध कडाइ, सीमा सुरक्षासम्बन्धी समस्या, र सामाजिक अपराध तथा गुण्डागर्दी नियन्त्रणका लागि विशेष योजना निर्माण गर्न जोड दिएका छन्। इञ्चार्ज सुमनसिंहले राजनीतिक दलहरूकै कारण कतिपय आपराधिक घटनाहरूलाई दलगत स्वार्थका आधारमा मिलाउने, प्रहरीमाथि अनावश्यक दबाब सिर्जना गर्ने…
Read More
“प्रथम निलसरी च्यालेन्ज कप” उर्लाबारीलाई पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश

“प्रथम निलसरी च्यालेन्ज कप” उर्लाबारीलाई पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश

मेचीनगर । आयोजक युथ क्लब जोरसिमलसंगको सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी "प्रथम निलसरी च्यालेन्ज कप २०८२" अन्तर्गत पहिलो खेलबाटै घर फर्किएको छ । प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजकले उर्लाबारीलाई ४-१ गोल अन्तर पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले लिएको थियो । उर्लाबारीका लागि खेल सुरू भएको १२ औं मिनेटमा नै राम थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाप पुर्ण रूपमा आयोजकमाथि दबाब राखेको उर्लाबारी दोस्रो हापमा केही अवसरहरू गुमाउँदा थप गोल गर्न सकेन । यता खेलाडीमा तालमेल नमिल्दा लय गुमाएको…
Read More
नेपाल जेसीज र रेडक्रस स्थापना दिवसमा चारआलीमा रक्तदान

नेपाल जेसीज र रेडक्रस स्थापना दिवसमा चारआलीमा रक्तदान

मेचीनगर। नेपाल जेसीजको ६१औं स्थापना दिवस तथा  रेडक्रसको १६१औं स्थापना दिवसको अवसरमा झापाको चारआलीमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आज चारआलीमा आयोजित रक्तदान कार्यक्रममा पुरुष ५० र महिला ११ जना गरी ६१ यूनिट रगत संकलन गरिएको बाहुण्डाँगी जेसीजका अध्यक्ष नित्यानन्द चम्लागाईँले जानकारी दिए। कार्यक्रमको सभापतित्व नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइरालाले गरेका थिए भने प्रमुख अतिथि प्रदेश नं. १ का माननीय सांसद गोपाल तामाङ रहेका थिए। कार्यक्रम संयोजन चारआली जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी सुजुप सुवेदीले गरेका थिएभने आस्था पाठ बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाईले गरेका थिए। त्यस्तै जेसीज मिसन…
Read More
बाहुण्डाँगी जेसीजद्वारा सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सम्पन्न

बाहुण्डाँगी जेसीजद्वारा सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सम्पन्न

झापा । सामाजिक कामहरुमा सक्रिय रहँदै आएको बाहुण्डाँगी जेसीजले सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सफलतापूर्वक सम्पन्न गरेको छ। "युवा सशक्तीकरण" भन्ने मूल नाराअन्तर्गत आयोजित उक्त तालीम शाखाका पदाधिकारीहरूलाई नेतृत्वदायी भूमिकातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो। नेपाल जेसीज २०२४ बाट TOT तालिम प्राप्त प्रशिक्षक तथा २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतम, कानुनी सल्लाहकार जेसी अनिस काफ्ले, र व्यवसाय क्षेत्रका उपाध्यक्ष जेसी प्रबिन चापागाईंले प्रशिक्षण दिएका थिए। तालीममा मेची जनसाधारण माध्यमिक विद्यालय तथा ओसायनिक अङ्ग्रेजी विद्यालयका शिक्षकहरू, साथै जेसीज पदाधिकारीहरूको सहभागिता रहेको अध्यक्ष नित्यनन्द चम्लागाईँले जानकारी दिए। सामाजिक क्षेत्रका उपाध्यक्ष जेसी बिमल रणपहेलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रका उपाध्यक्ष जेसी एलिस…
Read More
अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

झापा। मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन (USKAI) अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा पदक विजेता विद्यार्थीहरूलाई सोमबार एक विशेष समारोहमार्फत सम्मान गरेको छ। नेपाल, भारत, भुटान र श्रीलंकाका ५०० भन्दा बढी खेलाडी सहभागी उक्त प्रतियोगितामा नेपालबाट सहभागी भई झापा नेशनल स्कूलका पाँच जना छात्रले पदक जित्दै मुलुकको गौरव बढाएका हुन्। विद्यालयका उत्सव भट्टराईले कातामा कास्य र कुमुतेमा स्वर्ण, थोमस लिम्बूले कुमुतेमा स्वर्ण, सम्रित राजवंशीले कुमुतेमा कास्य, प्रवेश थामीले कुमुतेमा रजत तथा करन खनालले कुमुतेमा कास्य पदक जितेका हुन्। उनीहरूलाई वडा नम्बर -७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रममा अभिभावक,…
Read More
ne_NPNepali