झापा । गत असार ३० गते संसद्को ठुलो दल नेपाली काङ्ग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान अन्तर्गत प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको बुझिएको छ। यता सोही दिन प्रधानमन्त्री नियुक्तिको प्रक्रिया गलत भएको भनी सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाइ हुँदैछ ।
झापा । नेपाली काङ्ग्रेस सँग गठबन्धन गरेर चौथोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् भने ४ दल सहभागी रहेका छन् । मन्त्रिपरिषदमा कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपाबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् । यस्तो छ ओली क्याबिनेट प्रकाशमान: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री रमेश लेखक: गृहमन्त्री शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा डा. आरजु देउवा : परराष्ट्रमन्त्री प्रदीप यादव: खानेपानीमन्त्री बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री दामोदर भण्डारीः उद्योग…
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभाका सदस्य ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। यसअघि प्रचण्ड सरकारलाई गरेको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्न सहमति भएको थियोे । सोही अनुसार पहिलो चरणमा ओली नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो। राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु…
झापा । संसदमा विश्वासको मत प्राप्त गर्न नसके सँगै १९ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । आज संसदमा मत दिने क्रममा २५८ सांसदहरु उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एसका ६३ सांसदले मतदान गरे भने अन्य दलका विपक्षमा १९४ जनाले मतदान गरे । २७५ सदस्यीय प्रतिनिधिसभामा तटस्थमा एक मत पर्यो । संसदका दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि सरकार ढल्ने निश्चित हुँदा पनि प्रचण्डले विश्वासको मत लिएका हुन् । प्रचण्ड सरकार ढलेसँगै ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सहमतिअनुसार कांग्रेस एमालेले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेछन् ।…
झापा । सत्ता साझेदार दल नेकपा एमाले लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी भएपछी एमालेले समर्थन फिर्ता लिएको थियो । नेकपा एमाले र काङ्ग्रेसका सांसदहरूको हस्ताक्षर सहित आजै केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने दुई दलको तयारी रहेको छ।
झापा । चर्चित हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको घरमा केही युवाको समूह लिएर ताला लगाउन गएको आरोपमा उनकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई चाबि लगाएर हिंड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। २०७४ सालमै सहमतिमै सम्बन्धविच्छेद भैसकेपछि पनि मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रह'त्या गर्दै आएको समेत उनिमाथि आरोप छ।
झापा । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले ग्रेडिङमा समावेश गर्ने भएको छ गरेको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै सन्दिपलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरिएको र उक्त निर्णय जुलाई १ देखि लागू हुने जानकारी दिएको छ। यसअघि सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी क्यानको निलम्बनमा परेका थिए। अदालतले उनलाई उक्त आरोपबाट सफाई दिएपछि पहिलोपटक ग्रेडिङमा समावेश गरिएको हो । क्यानले यसै वर्षदेखि ग्रेड "ए"मा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ । पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडी ग्रेडिङमा समावेश थिए । पुरुषतर्फ ग्रेड "ए" मा कप्तान…
मेचीनगर । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउण्डर एवम् प्रमुख खेलाडी अप्सरी बेगमलाई नेपाल क्रिकेट संघ (क्यान)ले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको आरोपमा निलम्बन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै बेगमलाई निलम्बन गर्ने र थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरिएको जनाएको छ । जुलाई १९ देखि श्रीलंकामा हुने महिला टी-२० एसिया कपका लागि अहिले बन्द प्रशिक्षण चलिरहेको छ । बन्द प्रशिक्षणका क्रममा अप्सरीले टीम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले दाबी गरेको छ ।
प्रविण अधिकारी झापा । महासचिव नेत्र विक्रम सी "विप्लव" सहित नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता यतिबेला झापा सहित देशैभर उत्पादनमा होमिएका छन्। कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम गर्नुपर्ने र आत्मनिर्भरताका लागि उत्पादन सँग जोडिनुपर्ने पार्टीको निति अन्तर्गत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता यतिबेला राजनीतिक गतिविधि स्थगित गरेर श्रममा होमिएका हुन्। यो समय खेती लगाउने समय पनि भएकोले उनिहरु यतिबेला सहर बजारमा नभएर खेत- खेतमा भेटिने गरेका छन्। यतिबेला झापामा पनि विप्लव नेकपाका नेताकार्यकर्ता धान रोप्न व्यस्त छन्। पार्टीका जनवर्गीय संगठनहरु समेत यतिबेला उत्पादनमा जोडिएका छन्। झापामा मात्रै ९ बिघा जमिनमा धान रोप्ने लक्ष्य रहेको पार्टीका जिल्ला सचिव…
शिवगञ्ज । शिवसताक्षी नगरको त्रिभुवन मावि कुनै बेला जिल्लामै कहलिएको नाम हो । तर, आजभोलि त्यही विद्यालय को बेहाल छ । त्यसको मुख्यकारण हो, सरोकारवाला निकायको उदासीनता । त्रिभुवन माविका लागि हिउँद, बर्खा दुवै याम अक्करिलो बनेर आउँछ । यसरी नै बितेको दशक माथी भइसक्यो । पानी पर्न थाल्यो कि विद्यार्थीलाई कक्षा कोठासम्म जान नै सकस हुन्छ । घुँडाघुँडासम्म पानी छिचोलेर कक्षा कोठामा विद्यार्थी पुग्नु पर्ने वर्षो देखिको बाद्यता छ । ‘हिउँदमा विद्यालयको छाना छिचोलेर शीत छिर्छ, बर्खामा घाम,’ शिक्षक रामचन्द्र फुँयालले भने । सो विद्यालयका विद्यार्थीले सोमबार कष्टपुर्ण ढंगले जिर्ण कक्षा कोठामा प्रथम त्रैमासिक परिक्षा लेखिरहेका थिए । विद्यालयको…