Purbi Garjan

‘भिजनेवल’ वडा अध्यक्ष खुलालको काम गर्ने फरक शैली

‘भिजनेवल’ वडा अध्यक्ष खुलालको काम गर्ने फरक शैली

‘भिजनेवल’ वडा अध्यक्ष खुलालको काम गर्ने फरक शैली

विनोद सापकोटा शिवगञ्ज । कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ शिवसताक्षी नगरपालिका वडा नम्वर ६ ले उन्नत जातका रुख र फलफुलका बिरुवाहरु बितरण गरेको छ । डिभिजन बन कार्यालय दमक अन्र्तगत झिलझिले नर्षरीबाट प्राप्त विरुवा वडाबासीलाई वडाले निशुल्क प्रदान गरेको हो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार विभिन्न जातका करिव ५ हजार विरुवा वडाबासीलाई सार्वजनिक सूचना आव्हान गरेर वितरण गरिएको हो । ‘वडालाई डिभिजन बन कार्यालय दमकले निशुल्क विरुवा उपलब्ध गराएको थियो । त्यै विरुवा वडाका बासिन्दालाई वितरण गरिएको हो,’ वडा अध्यक्ष मनोज खुलालले भने । उनका अनुसार वडाले विरुवा वितरण प्रयोजनका लागि आर्थिक व्ययभार गर्नुपरेको छैन । डिभिजन बनकार्यालय…
Read More
सेल्टरदाता कार्कीको निधनमा एमालेको शोक सभा

सेल्टरदाता कार्कीको निधनमा एमालेको शोक सभा

माईधार । शिवसताक्षी नगरपालिका वाडनम्वर १० माइधार निवासी सावित्रा देवी कार्कीको निधनमा नेकपा एमाले शिवसताक्षीले शनिवार शोक सभा सम्पन्न गरेको छ । २०२७ साल देखीको कम्युनिस्ट आन्दोलनमा अनवरत रुपमा सक्रिय राजनीतिक योद्धा तथा एमाले नेताका सेल्टर दाता समध्वज कार्कीको श्रीमती सावित्राको निधनमा एमालेले निवासमै पुगेर श्रद्वान्जली सभा सम्पन्न गरेको हो । शोक सभामा मन्तव्य राख्दै नेकपा एमाले की केन्द्रिय सदस्य मेनुका काफ्लेले कार्कीको मृत्युले पार्टी र समाजमा अतुलनीय क्षति पुगेको बताईन् । उनले पार्टी भुमिगत भएका बेला स्वर्गिय सावित्राले पार्टीका नेतालाई महिनौ सम्म खाना पकाएर ख्खाउने र तत्कालिन शासकले नभेट्ने गरी लुकाउने गरेको केन्द्रिय सदस्य काफ्लेले बताईन् । ‘उहाँ ईमान्दार,…
Read More
आवास कम्पनीलाई मेयरकाे चेतावनी, जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरिने

आवास कम्पनीलाई मेयरकाे चेतावनी, जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनीले मेचीनगर क्षेत्रमा रहेको सार्वजनिक प्रयोजनका जग्गाहरू तत्काल हस्तान्तरण नगरे नगरपालिकाले हस्तक्षेप गर्न बाध्य हुने बताएका छन् । आवास कम्पनीले मेचीनगर-६ स्थित सार्वजनिक प्रयोगमा रहेका जग्गाहरु हाल सम्मपनि स्थानीय तह वा सम्वन्धित संस्थाहरुलाई विधिसम्मत हस्तान्तरण नगर्दा समस्या भएको बताउँदै नगरप्रमुख बुढाथोकीले तत्काल उक्त जग्गा हस्तान्तरण गरिनुपर्ने बताए । विगत ३३ वर्ष देखि सम्बन्धित निकायमा यहाँका जनप्रतिनीधि, राजनीतिक, सामाजिक नेतृत्वले निरन्तर प्रयत्न गरिरहयो त्यहि क्रममा हामी २०७९ मा निर्वाचित भएपछी पनि उक्त कार्यलाई अगाडी वढाउन तिव्रता दिइयों उनले भने, पटक पटकको प्रयत्नवाट पनि समस्या समाधानमा राष्ट्रिय आवास कम्पनिले अग्रसरता देखाएन । अब…
Read More
बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

शोभराज बराल काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे भ्रम पार्न दिन नहुने बताएका छन् । आइतबार नेकपाको अन्तराष्ट्रिय विभागले आयोजना गरेको ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा बोल्दै विप्लवले बीआरआईबारे भ्रममा पर्नु पनि नहुने र पार्नु पनि नहुने बताएका हुन् । विप्लवले बीआरआईबारे भ्रममा पार्नु र पर्नु नेपालको हितमा नभएको भन्दै यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताए । ‘यो परियोजना नेपालको हितमा छ । यसबारेमा हामी भ्रममा नपरौं, अरुलाई भ्रममा पनि नपारौं । यो एमसीसी जस्तो शैन्य रणनीति होइन् ।’, विप्लवले भने, ‘अरुले भनेको कुरामा विश्वास नगरौं । कमसेकम चीनले भनेको विषयमा त विश्वास गरौं…
Read More
ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बिहीबार राति वर्षासँगै बस्ती माथिबाट झरेको पहिरोले तापेथोक बजार उच्च जोखिममा परेको हो । पहिरोले मानवीय क्षति हुन नपाए पनि केही घर तथा गाउँपालिकाको कार्यालयसहितका संरचनामा क्षति पुर्‍याएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार गाउँपालिका कार्यालय, सभा हल लगायतमा क्षति गरेको छ । यस्तै गाउँपालिकाको सवारी साधन लगायतका सामग्रीमासमेत पहिरोले सामान्य क्षति गरेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उक्त पहिरोले तापेथोक बजारका आधा दर्जन बढी स्थानीयको घर तथा संरचनामा क्षति गरेको छ । पशु चौपाया तथा पन्छीहरू राखिएका गोठ,…
Read More
दुबई सडक दुर्घटनामा परी मोरङकी एक युवतीको मृत्यु

दुबई सडक दुर्घटनामा परी मोरङकी एक युवतीको मृत्यु

झापा । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी मोरङकी एक युवतीको ज्यान गएको छ । दुबईको अलुकजमा रहेको सर्भ यु कम्पनीको मजदुर शिविरबाट बिहान कार्यस्थल जान सडक पार गर्ने क्रममा सडकमा हुइकिएको भ्यानले ठक्कर दिँदा सोही कम्पनीमा कार्यरत मोरङकी २८ वर्षीय अनिता पाख्रिनको ज्यान गएको हो। साउन १ गते बिहान ५ बजे काममा जान कम्पनीको मजदुर क्याम्पबाट निस्किएर सडक पार गर्ने क्रममा भ्यानको ठक्करले अनिताको घटनास्थलमै ज्यान गएको हो । अनिता ३ वर्ष पहिले युएई पुगेकी थिइन् । मृतकको शव अहिले दुबईको स्थानिय अस्पतालमा राखिएको र कानुनी प्रकृया पुरा गरेर शव नेपाल पठाउने कम्पनीले जनाएको छ ।  
Read More
खबरमञ्च साप्ताहिक नवौं वर्षमा प्रवेश

खबरमञ्च साप्ताहिक नवौं वर्षमा प्रवेश

मेचीनगर । झापाको मेचीनगर–७, इटाभट्टाबाट प्रकाशित हुने खबरमञ्च साप्ताहिक आजबाट नवौं वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको आठ बसन्त पार गरी नवौं वर्षमा प्रवेश गरेको हो । वि.सं. २०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट अस्थायी दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको थियो । मेचीनगर नगरपालिका तथा आसपासका क्षेत्रलाई केन्द्रमा राखी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । खबरमञ्च साप्ताहिकले सहरी क्षेत्र भन्दा पनि मेचीनगरका ग्रामीण भेगलाई बिशेष प्राथमिकतामा राखी जनताको समस्यालाई उजागर गर्ने प्रयास गरिएको प्रकाशक प्रकाश पौडेलले जनकारी दिए । ग्रामीण पत्रकारितालाई प्राथमिकता…
Read More
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

झापा । गत असार ३० गते संसद्को ठुलो दल नेपाली काङ्ग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान अन्तर्गत प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको बुझिएको छ। यता सोही दिन प्रधानमन्त्री नियुक्तिको प्रक्रिया गलत भएको भनी सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाइ हुँदैछ ।  
Read More
समाजवादी मोर्चाद्वारा कार्यदल गठन, पन्ध्र दिनभित्र राजनीतिक दस्तावेज पेश गरिने

समाजवादी मोर्चाद्वारा कार्यदल गठन, पन्ध्र दिनभित्र राजनीतिक दस्तावेज पेश गरिने

काठमाडौँ । समाजवादी मोर्चा नेपालले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्तावेज पेस गर्न कार्यदल बनाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य एवम् नेकपा प्रवक्ता ‘प्रकाण्ड’ सीले जानकारी दिए । मंगलबार बसेको मोर्चाको बैठकले महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई मोर्चामा सहभागी गराउने निर्णय समेत गरेको छ । प्रवक्ता प्रकाण्डले सञ्चारकर्मीहरुसङ्ग प्रतिक्रिया दिदै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहन विक्रम सिंहको मसाललगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको जानकारी दिए । प्रगतिशील शक्ति र कम्युनिस्टहरूसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने आफूहरूको योजना रहेको उनको भनाइ छ…
Read More
ओली सरकारका २२ सदस्यीय मन्त्रिपरिषद, ४ दलबाट छानिए मन्त्री

ओली सरकारका २२ सदस्यीय मन्त्रिपरिषद, ४ दलबाट छानिए मन्त्री

झापा । नेपाली काङ्ग्रेस सँग गठबन्धन गरेर चौथोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् भने ४ दल सहभागी रहेका छन् । मन्त्रिपरिषदमा कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपाबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् । यस्तो छ ओली क्याबिनेट प्रकाशमान: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री रमेश लेखक: गृहमन्त्री शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा डा. आरजु देउवा : परराष्ट्रमन्त्री प्रदीप यादव: खानेपानीमन्त्री बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री दामोदर भण्डारीः उद्योग…
Read More
ne_NPNepali