Purbi Garjan

समाचार

प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप :मापदण्ड मिचेर झापा प्रहरी प्रमुखको जिम्मेवारी एसपी लिम्बुलाई

प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप :मापदण्ड मिचेर झापा प्रहरी प्रमुखको जिम्मेवारी एसपी लिम्बुलाई

 झापा । प्रहरी संगठन भित्र चरम राजनीतिक हस्तक्षेप छताछुल्ल हुँदै गइरहेको छ। सोही क्रममा विवादित छबीका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बु राजनीतिक आडबाटै झापा आएका छन् । उनी चितवनबाट सरुवा भएर झापा आएका हुन् । झापा प्रहरी प्रमुखको रूपमा सरुवा भएका लिम्बुको राजनीतिक पहुँचका कारण प्रहरीको सरुवा मापदण्ड मिचेर झापा आएका हुन् । सरुवा प्रक्रिया सामान्य प्रशासनिक निर्णय भए पनि, लिम्बुको सरुवा राजनीतिक पहुँचको प्रभावमा भएको भन्ने आरोपहरू उठेका छन् । सामान्यतया एक जिल्लाको प्रमुखबाट अर्काे जिल्लाको प्रमुखमा सरुवा हुँदैन । चितवन मन नपरेको भन्दै लिम्बूले झापा मागेर आएको स्रोतको दावी छ । उनी प्रधानमन्त्री केपी ओलीको पूर्व पिएसओ भएकाले…
Read More
प्रथम बाहुण्डाँगी च्यालेन्ज कप: मोरङलाई हराउँदै शनिश्चरे सेमिफाइनलमा

प्रथम बाहुण्डाँगी च्यालेन्ज कप: मोरङलाई हराउँदै शनिश्चरे सेमिफाइनलमा

बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ मा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ । जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गर्ने तेश्रो टोली बनेको हो । बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेल निक्कै प्रतिष्पर्धात्मक भएको थियो । पहिलो हाफ १–१ को बराबरी सकिएको खेलको दोश्रो हाफमा भने शनिश्चरेले २ र जहदा एफसीले १ गोल गरेको थियो । शनिश्चरे एफसीका लागि ५ औँ मिनेटमा अभिषेक गुरुङले गोल गर्दै अग्रता दिलाए । रेजिन सुब्बाको…
Read More
बाहुन्डाँगी युवा क्लबद्वारा प्रथम बाहुन्डाँगी च्यालेन्ज कप आयोजना हुँदै

बाहुन्डाँगी युवा क्लबद्वारा प्रथम बाहुन्डाँगी च्यालेन्ज कप आयोजना हुँदै

झापा । बाहुन्डाँगी युवा क्लबको आयोजनामा यही वैशाख १३ गतेदेखि बाहुन्डाँगी च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ। मेचीनगर -४ स्थित सरस्वती माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता बारे आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । क्लबका अनुसार खेलकुद, शिक्षा, स्वास्थ्य, युवा जागरण, बालबालिका तथा सामाजिक चेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य सहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । क्लबले महिला, दलित, पिछडिएको वर्ग तथा स्थानीय युवाहरूलाई फुटबल तथा अन्य सामाजिक गतिविधिमा सक्रिय गराउँदै आएको छ। प्रतियोगिताको पहिलो पुरस्कार रु. १,११,१११, र दोस्रो पुरस्कार रु. ६१,००१ रहेको  छ। उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उच्च गोलकर्तालाई…
Read More
आर्थिक अभावमा बीएण्डसी अस्पतालमा छटपटाउँदै बालिका, सहयोगको अपील

आर्थिक अभावमा बीएण्डसी अस्पतालमा छटपटाउँदै बालिका, सहयोगको अपील

प्रविण अधिकारी  झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ की सम्झना जवेगुकी दुई महिनाकी छोरी सुयना जवेगुलाई मस्तिष्क र फोक्सोमा समस्या देखिएपछि वैशाख ४ गते विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ। तर आर्थिक अभावका कारण उनको उपचारमा गम्भीर समस्या उत्पन्न भएको छ। बालिकाको आमा सम्झना जवेगुका अनुसार अस्पताल प्रशासनले उपचार अघि तुरुन्तै एक लाख रुपैयाँ बुझाउनुपर्ने माग गर्दै, रकम नबुझाएमा डिस्चार्ज गर्न चेतावनी दिएको छ। “छोरी टुलुटुलु हेरेर छटपटाइरहेकी छ, तर उपचार गराउन हामीसँग पैसा छैन,” उनले भनिन्। जवेगु परिवार अहिले आर्थिक अभावका कारण तनावमा छन् र छोरीको जीवन रक्षाका लागि सहयोगको अपील गरेका छन्। सहयोग गर्न इच्छुक व्यक्तिहरूले सिधै परिवारसँग सम्पर्क…
Read More
झापाको जोरसिमलमा बैशाख २२ देखि “निलसरी महोत्सव” हुने

झापाको जोरसिमलमा बैशाख २२ देखि “निलसरी महोत्सव” हुने

मेचीनगर। झापाको मेचीनगर–७ स्थित जोरसिमलमा यही बैशाख २२ गतेदेखि २९ गतेसम्म निलसरी महोत्सव आयोजना हुने भएको छ। जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा हुने यो महोत्सव झापामै पहिलोपटक फरक र बृहत स्वरूपमा सञ्चालन गर्न लागिएको हो। महोत्सवबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका सचिव सञ्जय मेचेले भने, “यो झापामै पहिलोपटक फरक प्रकृतिको महोत्सव हो, जसमा सांस्कृतिक कार्यक्रम, फुटबल प्रतियोगिता, स्वास्थ्य शिविर, प्यानल डिस्कसनजस्ता विविध कार्यक्रमहरू एकै साथ सञ्चालन हुनेछन्।” करिब ४० लाख ८६ हजार रुपैयाँ लागतमा सम्पन्न हुने अनुमान गरिएको यस महोत्सवका लागि सबै क्षेत्रबाट सहयोग अपेक्षा गरिएको छ। कार्यक्रमको अध्यक्षता गरेका आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले महोत्सव…
Read More
मेचीनगरमा हिन्दु आस्थामाथि डोजर—पातलगङ्गास्थित सनसारी माईको मन्दिर भत्काइयो

मेचीनगरमा हिन्दु आस्थामाथि डोजर—पातलगङ्गास्थित सनसारी माईको मन्दिर भत्काइयो

प्रविण अधिकारी मेचीनगर।  झापाको मेचीनगर–८ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पातलगङ्गामा अवस्थित सनसारी माईको मन्दिर सोमबार राति डोजर लगाएर भत्काइएको छ। स्थानीयको आरोप अनुसार मन्दिर सुवास साङ्घाईको स्वामित्वमा रहेको चिया बगानले भत्काएको हो। हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष पातलगङ्गामा जलको कामनाका लागि सनसारी माईको विशेष पूजा गर्ने परम्परा रहेको छ। यही वैशाख २० गतेका लागि पूजा तयारीस्वरूप हालै मन्दिर वरिपरि सिमेन्टको बार लगाई, रङ्ग–रोगन गरेर सिला समेत स्थापना गरिएको थियो। स्थानीयका अनुसार सोमबार राति करिब १० बजे, बगान प्रशासनले आफ्नो क्षेत्र अतिक्रमण भएको भन्दै जेसीबी प्रयोग गरी मन्दिर तोडफोड गराएको हो। सयौं वर्षदेखि पूजाआजा हुँदै आएको स्थलमा यस्तो घटनाले स्थानीय…
Read More
अजिमा वृत्तचित्र: इतिहास र पहिचानको पुनरावलोकन

अजिमा वृत्तचित्र: इतिहास र पहिचानको पुनरावलोकन

प्रविण अधिकारी झापा ।  पितृसत्ताको प्रभावले पटक–पटक पुनः लेखिएको नेपाली इतिहासमा वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले ‘अजिमा’ वृत्तचित्र झापाको विर्तामोडमा प्रस्तुत गरिएको छ। आज झापाको विर्तामोड स्थित पाथिभरा सिने प्लाजामा राजनीतिकर्मी, मानवअधिकारकर्मी, पत्रकार, जनप्रतिनिधि लगायतको उपस्थितिमा उक्त वृत्तचित्र प्रस्तुत गरिएको हो । संविधानसभा सदस्य एवम् लैंगिक अल्पसंख्यक समुदायको हकहितमा विगत २५ वर्षदेखि संघर्ष गर्दै आएका सुनिलबाबु पन्तद्वारा निर्देशित यो वृत्तचित्रले मातृसत्तात्मक संरचना, लैंगिक विविधता र ऐतिहासिक यथार्थको पुनरपरिकल्पना गर्ने प्रयास गरेको छ। वृत्तचित्रमा ६ प्रकारका लैंगिक पहिचानहरू समेटिएका छन्। यो फिल्मले पितृसत्ताले ढालेको इतिहासलाई चुनौती दिँदै, डाकिनी/योगिनी संस्कृति, इन्द्र जात्राको इतिहास, र तेस्रोलिङ्गी समुदायप्रति समाजको दृष्टिकोणजस्ता विषयलाई केन्द्रमा राखेको छ।…
Read More
नेकपा झापाको जिल्ला बैठक सम्पन्न, यस्ता छन् आगामी कार्यक्रम

नेकपा झापाको जिल्ला बैठक सम्पन्न, यस्ता छन् आगामी कार्यक्रम

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले पार्टीको जिल्ला बैठकबाट विभिन्न छलफल गर्दै आगामी कार्ययोजनाहरु सार्वजनिक गरेको छ। आज झापाको विर्तामोड स्थित पार्टी कार्यालयमा जिल्ला इन्चार्ज सुमनसिंह सी को अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रम र आउनसक्ने परिस्थितिबारे गहन छलफल गर्दै प्रतिगमनका विरुद्ध डटेर अगाडि बढ्ने निर्णय गरेको छ। देश र जनताको अबको एकमात्र विकल्प भनेको समाजवाद मात्रै रहेकाले नेता कार्यकर्ता र आम जनतालाई बिचलित नहुन र प्रतिगमनले देश र जनतालाई अझै संकटमा लैजाने जिल्ला इन्चार्ज सुमनसिंह सी ले बताएका छन्। त्यस्तै जिल्ला बैठकले आगामी दिनहरुमा झापाका सबै पालिकाको सम्मेलन, वडा कमिटी बिस्तार, राजनीतिक संघर्ष ,…
Read More
जेष्ठ नागरिक मेचीनगर ७ को अध्यक्षमा पुन : पौडेल

जेष्ठ नागरिक मेचीनगर ७ को अध्यक्षमा पुन : पौडेल

इटाभट्टा । जेष्ठ नागरिक वडा समिति मेचीनगर ७ को अध्यक्षमा पिताम्बर शर्मा पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । आज मेचीनगर ७ आनन्द टोलमा संस्थाको पहिलो अधिवेशनबाट पौडेल आगामी ४ वर्षे कार्यकालको लागि पुन अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा अमर परियार, महिला उपाध्यक्षमा मेनुका अधिकारी, सचिवमा रामप्रसाद ढुङ्गेल, सहसचिवमा प्रेमराज गौतम र कोषाध्यक्षमा राजकुमारी राई निर्वाचित भएको निर्वाचन समितिका संयोजक अग्नीप्रसाद घिमिरेले बताए । समितिको सदस्यमा डिकुरा निरौला, मीना कोइराला, गीता पोख्रेल घिमिरे, लालप्रसाद फुयल, भवनाथ दाहाल, अशोक मेचे, सपन राजवंशी निर्वाचित भएको संयोजक घिमिरेले बताए । २१ सदस्य कार्यसमितिमा ८ जना पछि मनोनित गरिने बताइएको छ । मेचीनगर…
Read More
तोरीको तेल उत्पादन गर्दै एनएमसी एग्रो फार्म

तोरीको तेल उत्पादन गर्दै एनएमसी एग्रो फार्म

मेचीनगर । देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्नो एग्रो फार्म व्यवसाय मार्फत तोरीको तेल प्रशोधन गरी बजारमा ल्याउने भएको छ । बहुउद्देश्यीय प्रकृतिका कारण यसअघि डेरी, एग्रो फार्म, सहकारी पसल, चिया उद्योग तथा प्याकेजिङ उद्योग सञ्चालन गर्दै आएको एनएमसीले व्यवसाय विस्तारका क्रममा तोरीको तेललाई समेत अगाडि बढाएको हो । आफ्ना सदस्य किसानबाट खरिद गरिएको तोरीलाई आधुनिक उपकरणबाट प्रशोधन गरी शुद्ध तोरीको तेल बजारमा ल्याउने उद्देश्यले एनएमसीले चैत २४ गते मेचीनगर–१४, दुहागढीस्थित एग्रो फार्ममा तोरीको तेल मिलको शुभारम्भ गरेको छ । निर्मित उक्त मिलको आज एक कार्यक्रमकाबीच मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले औपचारिक…
Read More
ne_NPNepali