झापा । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बुधवार मेचीनगर ११ र मेचीनगर ९ सेमिफाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ३ लाई २-१ को गोल अन्तरले पछि पार्दै ११ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि सुजल धिमाल र सागर बर्देवाले गोल गरे । मेचीनगर ३ का प्रदिप दहालले सान्तवाना गोल गरे । खेलको म्यान अफ द म्याच भएका सुजल धिमाल भए । यसैगरी दोस्रो खेलमा मेचीनगर २ लाई टाइब्रेकरमा ५- ४ को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ बिजयी भएको हो । खेलको निर्धारित समयमा १-१…
झापा । विप्लव नेतृत्वको नेकपाले झापासहित देशभर जन प्रदर्शन गर्ने भएको छ। पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकले जन प्रदर्शन सहित विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आगामी चैत्र २४ गते झापा सहित देशभरका ७७ वटै जिल्लामा जन-प्रदर्शन गर्ने, चैत्र २७ गते देशभरका पालिका स्तरमा मसाल जुलुस गर्ने र वैशाख ५ गते सम्पुर्ण जिल्लाहरुमा कोण सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। यसैबीच नेकपा झापाले आज पार्टी कार्यालय विर्तामोडमा पार्टी सचिवालय बैठक बस्दै पार्टीको केन्द्रीय कार्यक्रमहरु भव्य रुपमा सम्पन्न गर्ने निर्णय गर्दै तयारीमा जुटेको छ। पार्टीका जिल्ला इन्चार्ज सुमनसिंह सी को नेतृत्वमा बसेको बैठकले सचिवालय सदस्यहरुलाई विभिन्न जिम्मेवारी हस्तान्तरण गर्दै कार्यक्रमको भव्य…
मेचीनगर। झापाको मेचीनगर नगरपालिका - ८ मा प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुनेभएको छ। बि एण्ड एस क्रिकेट क्लबको आयोजना तथा मेचीनगर वडा नम्बर - ८ को सहयोगमा यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता हुने र नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहने आयोजकले आज पत्रकार भेटघाट मार्फत जानकारी दिएको छ। क्रिकेट खेलको विकास तथा स्थानीय खेलाडीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भूपाल बुढाथोकीले जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेतालाई नगद रु २५ हजार ट्रफी र मेडल प्रदान गरिने प्रतियोगिता आयोजक समितिका सदस्य…
मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस -११ ले जितेको छ । मेचीनगर –४ बाहुण्डाँगीस्थित सरस्वती माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा थण्डर्स - ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस- ११ च्याम्पियन बनेको हो । विजेता पेनोरिस - ११ ले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थण्डर्स -११ ले नगद रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । टस जितेर पहिलो ब्याटिङ गरेको थण्डर्सले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थण्डर्सका लागि रोहित राजवंशीले ३५ बलमा १९ रन बनाए भने आयुष न्यौपानेले…
झापा | नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' झापाको सीमावर्ती ग्रामीण बस्तीमा पुगेका छन् । उनले स्थानीय जनतासँग अन्तरक्रिया गर्दै उनीहरूका समस्या सुनेर समाधानका लागि पार्टीको प्रतिबद्धता दोहोर्याएका छन् । विशेष गरी सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र विकासका मुद्दाहरूमा उनले गम्भीर चासो व्यक्त गरेका छन् । महासचिव विप्लवले सिमा अतिक्रमणविरुद्ध सशक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यले सीमावर्ती क्षेत्रमा बेवास्ता गरे कम्युनिस्ट आन्दोलनले अगुवाइ लिने चेतावनी दिए। साथै, शिक्षा, स्वास्थ्य, रोजगारी, र पूर्वाधार विकासजस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न नेकपाले संघर्ष जारी राख्ने उनले स्पष्ट पारे । यसै क्रममा, महासचिव विप्लवको झापा भ्रमणलाई पार्टीको अग्रगामी आन्दोलनलाई बलियो बनाउन महत्त्वपूर्ण मानिएको…
मेचीनगर। बाहुण्डाँगी जेसीजले नारी दीवस विशेष प्यानल डिस्कन कार्यक्रम शनिवार भव्य रुपमा सम्पन्न गरेको छ । बाहुनडाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षता तथा मेचीनगर नगरपालीकाकी उप-प्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विशेषगरी महिलाहरुलाई सक्षम र सबल बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष जेसी रिना दर्जीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव सुस्मा मिश्रले गरेकि थिइन् । उक्त कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतमले आस्था पाठ गरेका थिए भने उपाध्यक्ष जेसी प्रबिन चापागाईंले मिसन भिजन सुनाएका थिए । जेसी रीना दर्जीले कार्यक्रम माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा…
KHAGENDRA SITAULA, JHAPA । काठमण्डौमा बुद्धीजिवीहरु भेला गरेर नेपाली समाजको आगामी बाटो बारे परामर्श गरिरहेका बिप्लव शनिवार सांझ एकाएक भद्रपुर बिमान स्थल झरे । बिप्लबलाई स्वागत गर्न नेकपा किरात लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सी, झापा इन्चार्ज सुमनसिंह सी, झापाका प्रहरी प्रमुख मिलन केसी लगायत तीन दर्जन नेता कार्यकर्ताको उपस्थिती थियो । हुनत यसअघी नै बिप्लव झापा आउने कार्यसुची रहेको नेकपा झापाका नेताहरुले बताइरहेका थिए । तर, बिप्लब तीन दिन सम्म झापामा के गर्दैछन र यसको कारण के हो ? पुर्वी गर्जनले चासोका साथ बुझेको छ । झापामा पछील्लो चरण प्रतिगामी, पश्चगामी गतिबिधीको तिब्र चलखेल बढेको, झापाली जनता परिवर्तनको पक्षमा हुंदा…
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्दै थण्डर-११ फाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रन बनाएको थियोे । थण्डरका लागि रोहित राजवंशीले सर्वाधिक ७३ रन बनाए । त्यस्तै विशेष बुढाथोकीले २८ रन, चन्द्र भट्टराईले २४ तथा विराट डाँगीले २० रन प्रहार गरे। बलिङतर्फ बाउनडाँगीका लागि आयुश दाहाल र सन्तोष प्रधानले समान ३/३ विकेट हात पारे भने नाजिर हुसेनले २ तथा रमन कार्की र निरोथ रोयले १/१ विकेट…
मेचीनगर। लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो । जितसँगै चर्च व्वाइजले झापा कप पछि उपाधीको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधी हात पारेको चर्च व्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ मा चित्त बुझायो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च व्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर…
मेचीनगर। बाहुनडाँगी जेसिजले सधैं झै होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ । बाहुण्डाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षतामा भएको कार्यक्रममा बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष जेसी नवीन बरालको प्रमुख आतिथ्यता रहेको थियोे । उक्त होली मिलन कार्यक्रम को संयोजन सामुदायिक क्षेत्रका उपाध्यक्ष जेसी बिमल रणपहेली रहेका थिए। महासचिव सुस्मा मिश्रले सञ्चालन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतमले जेसीज आस्था बाचन गरेका थिए भने मिसन, भिजन र व्यक्तिगत क्षेत्रका उपाध्यक्ष जेसी रिना दर्जीले बाचन गरेकी थिइन । कार्यक्रम संयोजक बिमल रणपहेलीले स्वागत गरेको कार्यक्रममा २०१३ का अध्यक्ष बद्री निरौला , २०२० का अध्यक्ष जेसी सागर कार्की र…