बिर्तामोड । झापाको विर्तामोडमा अवस्थित प्रभु बैंक लिमिटेडले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको १ करोड १० लाख ४३ हजार बराबरको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको बताउँदै विज्ञप्ति जारी गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै बैंकले उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बैंकका प्रदेश प्रमुख बद्री कुमार कटुवालले जनाए । प्रभु बैंक लिमिटेडको बिर्तामोड शाखा कार्यालयको…
बिर्तामोड । जनता समाजवादी पार्टी नेपालको युवा संगठन समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष टाइसन केरुङ सहित विभिन्न पार्टीका सयौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र प्रदेश कमिटीले आज बिर्तामोडमा भव्य कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको छ । पार्टी प्रवेश गर्नेमा समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष केरुङ सहित प्रदेश उपाध्यक्ष दिपेन लिम्बु, सहसचिव दिपेन जबेगु, प्रदेश सदस्य तेन्जिङ लामा, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य राजभक्त योङ्ग्या, नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सदस्य छवि गहतराज, महिला उद्यमी जय सुब्बा, नर्वदा कार्की लगायत छन । योङ कम्युनिस्ट लिग (वाइसीएल)को पहलमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सयौँको…
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बिहीबार राति वर्षासँगै बस्ती माथिबाट झरेको पहिरोले तापेथोक बजार उच्च जोखिममा परेको हो । पहिरोले मानवीय क्षति हुन नपाए पनि केही घर तथा गाउँपालिकाको कार्यालयसहितका संरचनामा क्षति पुर्याएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार गाउँपालिका कार्यालय, सभा हल लगायतमा क्षति गरेको छ । यस्तै गाउँपालिकाको सवारी साधन लगायतका सामग्रीमासमेत पहिरोले सामान्य क्षति गरेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उक्त पहिरोले तापेथोक बजारका आधा दर्जन बढी स्थानीयको घर तथा संरचनामा क्षति गरेको छ । पशु चौपाया तथा पन्छीहरू राखिएका गोठ,…
शिवगञ्ज । शिवसताक्षी नगरको त्रिभुवन मावि कुनै बेला जिल्लामै कहलिएको नाम हो । तर, आजभोलि त्यही विद्यालय को बेहाल छ । त्यसको मुख्यकारण हो, सरोकारवाला निकायको उदासीनता । त्रिभुवन माविका लागि हिउँद, बर्खा दुवै याम अक्करिलो बनेर आउँछ । यसरी नै बितेको दशक माथी भइसक्यो । पानी पर्न थाल्यो कि विद्यार्थीलाई कक्षा कोठासम्म जान नै सकस हुन्छ । घुँडाघुँडासम्म पानी छिचोलेर कक्षा कोठामा विद्यार्थी पुग्नु पर्ने वर्षो देखिको बाद्यता छ । ‘हिउँदमा विद्यालयको छाना छिचोलेर शीत छिर्छ, बर्खामा घाम,’ शिक्षक रामचन्द्र फुँयालले भने । सो विद्यालयका विद्यार्थीले सोमबार कष्टपुर्ण ढंगले जिर्ण कक्षा कोठामा प्रथम त्रैमासिक परिक्षा लेखिरहेका थिए । विद्यालयको…
झापा । शिवसताक्षीमा २१ औं राष्ट्रिय धान दिवस मनाइएको छ । नेपाली कांग्रेस शिवसताक्षीको संयोजन र नेपाल किसान महासंघ शिवसताक्षीको आयोजनामा ‘बेठी’ सहितको बृहत् धान रोपाइँ शनिवार सम्पन्न भएको हो । नेपाल किसान महासंघ नेपाली कांग्रेसको वर्गीय संगठन हो ।‘बेठी’ मा पार्टीका टोल अध्यक्षदेखि लिएर प्रदेश समिति सदस्य समेतले नौमती बाजाको तालमा नाचगान गर्दै सामूहिक रूपमा धान रोपे । उनीहरूले दही चिउरा खाएर असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाए । नेपाली कांग्रेस शिवसताक्षीका सभापति अशोक बस्नेतका अनुसार नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, कोशी प्रदेश समितिका सदस्य उत्तमबहादुर चौलागाईं, महासमिति सदस्य मचिन्द्र शर्मा, भक्ति सिटौला, खड्गबहादुर कार्की, नेपाली कांग्रेसका…
झापा। झापामा रहेका विभिन्न संघसंस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिवद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको बिपद् ब्यवस्थापनका लागि संघ संस्थाको भूमिका विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिवद्धता जनाएका हुन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताएका छन् । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुने बताउँदै सबैले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्दार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाई छ । सहारा नेपाल सहकारी संस्थाका…
मेचीनगर । झापाको मेचीनगर-१३ स्थित छबिलाल मार्गमा निर्माणाधीन प्लमवाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण गर्दा काम सम्पन्न नहुँदै प्लमवाल भत्किएको हो । मेचीनगर वडा नम्बर १३ र नगरपालिका तथा केही सामाजिक व्यक्तित्वको बिशेष पहलमा संघीय सरकारको १ करोड १६ लाख विनियोजित बजेटबाट धमाधम निर्माण भइरहेको १० फुट अग्लो प्लमवाल करिब ६० मिटर भत्किएको छ भने करिब २० मिटर चर्किएको छ । माथी ३०, बेस ६० सेन्टिमिटर र २ मिटर अग्लो वाल जमिनमुनिको बेसमै कमजोर ढलान भएका कारण क्षति भएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए । "स्थानीय…
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लामा क्रियाशील रहेका नेता कार्यकर्ताहरुलाई समेट्दै कृषि उत्पादन तथा बचत सहकारीको सुरुवात गरेका छन् । बुधबार झापाको सुरुङ्गामा नेकपाका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सीको नेतृत्वमा भेला सम्पन्न भएको हो । उक्त भेलामा बोल्दै सुमनसिंहले आफुहरुले संचालन गर्ने सहकारी कस्तो हुन्छ भन्ने समग्र योजना प्रस्तुत गरेका थिए । आत्मनिर्भर कृषि उत्पादन तथा बचत सहकारीको नाम दिइएको सहकारीले एक हजार सदस्यहरुलाई मासिक एक हजार बचत गराउने, उक्त रकम कृषि उत्पादन, कृषि उद्योग र कृषि व्यापारमा लगानी गर्ने योजना बनाएको छ । निराशाले भरिएको समाजमा यहीँ केही गर्न सकिन्छ भन्ने भाष्य निर्माण…
प्रविण अधिकारी झापा । आज विश्व सरणार्थी दिवस । धुमधामका साथ विभित्र कार्यक्रमहरु गरेर विश्वभर मनाइँदैछ। तर झापाको दमक स्थित बेलडाँगी शिविरमा रहेका भुटानी सरणार्थीहरु भने उक्त दिवसमा खासै उत्साहित देखिँदैन । दमक स्थित बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरु बिहिवार २४ औं विश्व शरणार्थी दिवस मनाउँदै गर्दा उनिहरु अझैसम्म मातृभूमि फर्किने आशमा बसिरहेका छन्। उनीहरुले शरणार्थी समस्या समाधान गर्न माग गर्दै धेरैपटक नेपाल सरकारलाई मात्रै नभएर संयुक्त राष्ट्रसंघ लगायतका दातृ निकायलाई समेत आफुहरुलाई मातृभूमि फर्काइदिन हारगुहार गरिरहेका छन्। तर नेपाल सरकार र संयुक्त राष्ट्रसंघले उनिहरुलाई घर फर्काउनुको सट्टा बरु तेस्रो मुलुक पुनर्वास गर्ने योजना अघि सार्यो र सोही मौकामा सक्कली…
झापा । अध्यारो कुनामा बसेर जनयुद्धको मर्म र मूल्य विरुद्ध षड्यन्त्र नगर्न भन्दै विप्लव नेकपाका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज सुमनसिंह सीले एसियन हाइवे निर्माण कर्ताहरुलाई चेतावनी दिएका छन् । झापाको काकरभिट्टादेखि लौकहीसम्मको खण्ड निर्माण कार्य आरम्भ भएसंगै झापा केर्खास्थित सहिद गेट भत्काउन आयोजनाले कोसिस गरेपछि हिजो झापाको दमकस्थित आयोजना कार्यलयमा नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पुगेर विरोध कार्यक्रम गरेका थिए । कार्यक्रम ध्यानाकर्षण पत्र बुझाउने रहेतापनि आयोजना हाकिम भने अनुपस्थित रहेका थिए । बाहिर आगनमा आएर कोणसभा गरेका नेता कार्यकर्ताहरुको बिचमा नेकपा नेता सुमन सिंह सीले आफूहरु विकास विरोधी नभएको – तर विकास हुँदै गर्दा यसकै…