Purbi Garjan

रौनकको शतकमा नेपालको शानदार जित, भुटान २९८ रनले पराजित

रौनकको शतकमा नेपालको शानदार जित, भुटान २९८ रनले पराजित

रौनकको शतकमा नेपालको शानदार जित, भुटान २९८ रनले पराजित

मलेसिया। रौनक श्रीवास्तवको विस्फोटक शतकको मद्दतमा नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार चौथो जित निकालेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको विशाल योगफल खडा गर्‍यो। नेपालको सुरुआत कमजोर रहँदा १७ रनमै २ ओपनर आउट भए पनि त्यसपछि रौनकले पारी सम्हाले। रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको मद्दतले १ सय ६८ रनको शान्दार शतकीय इनिङ्स खेले। उनले शिवान्शं बजगाईं (५४), सुगम बुढाथोकी (३५) र जोय थापा (६१*) सँग क्रमशः महत्वपूर्ण साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा…
Read More
निजामती सेवामा पुनः नियुक्तिबारे अफवाह: समितिको खण्डन

निजामती सेवामा पुनः नियुक्तिबारे अफवाह: समितिको खण्डन

काठमाडौं । हालै राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको निजामती विधेयकसँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति समितिले खण्डन गरेको छ। समितिका सभापति रामहरि खतिवडाले एक प्रेस वक्तव्य जारी गर्दै पूर्व निजामती कर्मचारीलाई पुनः सरकारी सेवामा नियुक्ति दिनेबारे फैलाइएको प्रचारप्रति आपत्ति जनाएका छन्। वक्तव्यमा उल्लेख छ, “निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिईसकेका वा अवकाश प्राप्त कर्मचारीले सेवाबाट अवकाश भएपछि प्राप्त सेवा सुविधा फिर्ता नगरी कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउन सक्दैनन्।” प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विधेयकसम्बन्धी भ्रम फैलाइएको उल्लेख गर्दै यस प्रकारको क्रियाकलापले समाजमा अन्योल उत्पन्न गराउने र समितिको कामप्रति अविश्वास फैलाउने प्रयास…
Read More
रौनकको शतकमा नेपालद्वारा भुटानविरुद्ध ३५८ रनको विशाल स्कोर

रौनकको शतकमा नेपालद्वारा भुटानविरुद्ध ३५८ रनको विशाल स्कोर

मलेसिया । रौनक श्रीवास्तवको सानदार शतकसहित नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा भुटानविरुद्ध ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको छ। भुटानलाई उच्च लक्ष्य प्रस्तुत गरेको नेपालले यसअघिका प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालका लागि रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको विस्फोटक पारी खेले। शिवान्शं बजगाईंले ५४, सुगम बुढाथोकीले ३५ र जोय थापाले अविजित ६१ रन बनाए। नेपालको सुरुवात कमजोर भए पनि रौनकले तीनवटा साझेदारी मार्फत स्कोर उकासे। भुटानका लागि संजय दोर्जेले ३ विकेट लिए। समूह ‘ए’ को सबै खेल जित्दै नेपाल सेमिफाइनलमा पुगिसकेको छ। भुटान भने सबै खेल…
Read More
एसियन हाइवे निर्माणमा चरम लापरबाही, एम्बुसजस्तै छन् डाइभर्सन

एसियन हाइवे निर्माणमा चरम लापरबाही, एम्बुसजस्तै छन् डाइभर्सन

प्रविण अधिकारी  झापा । बहुचर्चित एसियन हाइवे अन्तर्गत काकडभिट्टा–लौकही सडकखण्ड निर्माणका क्रममा देखिएको चरम लापरबाहीले दैनिक हजारौं यात्रु सास्तीमा परिरहेका छन्। सम्झौताअनुसारको मापदण्डलाई बेवास्ता गर्दै कम्पनीले सडक निर्माणलाई उपहास बनाएको छ, जसको मार यात्रु र स्थानीय बासिन्दाले दिनहुँ भोग्नुपरेको छ। निर्माण क्षेत्रमा अहिले धुलोको महामारी फैलिएको छ। सडकमा यात्रा गर्नु भनेको श्वास फेर्नै नसकिने गरी धुलोमा गाडिनु हो। पानी छर्कने त कुरै परोस्, निर्माण कम्पनी यात्रुको ज्यान जोखिममा पारेर आफ्ना जिम्मेवारीबाट स्पष्ट रूपमा पन्छिएको देखिन्छ। स्कुल जाने बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित छन्। स्थानीय बासिन्दा र सवारी चालकहरूका अनुसार, अत्यधिक धुलो, खाल्डाखुल्डी र असुरक्षित डाइभर्सनका कारण दैनिकजसो दुर्घटनाको…
Read More
काँकडभिट्टामा ईभी नेपाल यातायातको कार्यालय सञ्चालनमा, स्वच्छ यातायात सेवाको विस्तार

काँकडभिट्टामा ईभी नेपाल यातायातको कार्यालय सञ्चालनमा, स्वच्छ यातायात सेवाको विस्तार

मेचीनगर, झापा । स्वच्छ ऊर्जा प्रवर्द्धन र दिगो यातायात प्रणालीको लक्ष्यसहित ईभी नेपाल यातायात प्रालिले काँकडभिट्टामा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। मेचीनगर–६ स्थित पुरानो भन्सार क्षेत्रको कार्यालय आइतबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। ईभी नेपालले यसअघि नै बैशाख ७ गतेदेखि काँकडभिट्टा–विराटनगर र काँकडभिट्टा–धरान रुटमा ७ वटा विद्युतीय माइक्रोबस (ईभी) नियमित रूपमा सञ्चालनमा ल्याइसकेको छ। कम्पनीले वायु प्रदूषण न्यूनीकरण तथा वातावरणीय सन्तुलनलाई प्रमुख प्राथमिकता दिँदै काँकडभिट्टा–ईलाम रुटमा समेत सेवा विस्तारको तयारी गरिरहेको जनाएको छ। कार्यक्रममा बोल्दै ईभी नेपालका अध्यक्ष तथा पत्रकार सन्तोष आचार्यले कम्पनीले सुरक्षित, सुलभ र यात्रु–मैत्री सेवा प्रदान गर्दै हरित यातायात प्रणालीको उदाहरणीय नमूना बन्ने विश्वास व्यक्त…
Read More
साम्बाको पाँच गोलमा लाओसमाथि नेपालको ऐतिहासिक जित

साम्बाको पाँच गोलमा लाओसमाथि नेपालको ऐतिहासिक जित

झापा । कप्तान सवित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट पाँच गोलको मद्दतले नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ। नेपालका लागि अनिता बस्नेत, सरु लिम्बु, रश्मिकुमारी घिसिङ र अनिता केसी ले पनि समान १–१ गोल गर्दै जितमा योगदान दिए। पहिलो हाफमा दुई गोल नेपालले खेलको सुरुवातमै आक्रामक शैली देखायो। १२औं मिनेटमा अनिता बस्नेतले खेलको खाता खोलेकी थिइन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि अनिताको बायाँ खुट्टाले प्रहार गरेको बल जाली चुमेको थियो। ४४औं मिनेटमा साम्बाले हेडरमार्फत गोल गर्दै अग्रता २–० मा पुर्याइन्। अनिता बस्नेतको क्रसमा उनले गोल गरेकी थिइन्। दोस्रो हाफमा गोलको वर्षा…
Read More
झापाको अर्जुनधारामा फर्निचर उद्योगमा आगलागी, करिब १२ लाखको क्षति

झापाको अर्जुनधारामा फर्निचर उद्योगमा आगलागी, करिब १२ लाखको क्षति

अर्जुनधारा, झापा । गएराति करिब १२ बजे झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ। स्थानिय मोतीबहादुर खड्काको टिनको छानो र टिनको बेराले बनाइएको एक तले घरमा सञ्चालित ‘खड्का फर्निचर’ मा विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबारे राति १२:०५ बजे सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक नोर्जङ लामा नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल र स्थानिय बासिन्दाको सहयोगमा आगो राति करिब १२:३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको झापाका सुरक्षास्रोतले जनाएको छ। आगलागीबाट उद्योगमा रहेको एक थान काठ चिर्ने मेसिन र ठूलो परिमाणमा काठपात जलेर नष्ट भएको छ। प्रारम्भिक…
Read More
आत्मनिर्भरताको यात्रामा नेकपाको उत्पादन अभियान : महासचिव स्वयं खेतमा

आत्मनिर्भरताको यात्रामा नेकपाको उत्पादन अभियान : महासचिव स्वयं खेतमा

झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता–कार्यकर्ता हुँदै आत्मनिर्भर देश’ भन्ने नाराका साथ देशव्यापी उत्पादन अभियान तीव्र बनाएको छ। असार १० गतेदेखि सुरु भएको यो अभियान साउन १० गतेसम्म सञ्चालन हुनेछ, जसमा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता खेत–बारीदेखि खलिहानसम्म सक्रिय रुपमा खटिएका छन्। पार्टी महासचिव विप्लव सीका अनुसार, यो अभियान पार्टीको मात्र नभई देश र जनताको साझा प्रयास हो। यसले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने र जनतालाई स्वाभिमानी तथा स्वाधीन जीवनयापनको दिशामा अग्रसर गराउने लक्ष्य लिएको छ। व्यवहारमा उतारिँदै आत्मनिर्भरताको दर्शन नेकपाले विगतदेखि नै आत्मनिर्भर पार्टी निर्माणको वैचारिक आधार तयार गरी व्यवहारमा उतार्ने प्रयास गर्दै आएको…
Read More
प्रसिद्धको सतक र कप्तान विपिनको उत्कृष्ट प्रदर्शनमा नेपालको सानदार जित, सेमिफाइनलमा प्रवेश

प्रसिद्धको सतक र कप्तान विपिनको उत्कृष्ट प्रदर्शनमा नेपालको सानदार जित, सेमिफाइनलमा प्रवेश

क्वालालम्पुर । ओपनर प्रसिद्ध जैसीको शानदार शतक र कप्तान विपिनप्रसाद शर्माको उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले नेपालले एसिसी यू–१६ इस्ट जोन कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ। नेपालले आइतबार भएको समूह चरणको तेस्रो खेलमा इण्डोनेसियालाई ३७० रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो। नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४२० रनको विशाल योगफल तयार गर्‍यो। जवाफमा इण्डोनेसिया २४.३ ओभरमा मात्र ५० रनमा समेटियो। नेपालका ओपनर प्रसिद्ध जैसीले ११५ बलमा १५ चौका र १ छक्का सहित १३२ रनको शतकीय इनिङ खेले। पहिलो विकेटका लागि उनले परिमार्जन यादवसँग १३२ रनको साझेदारी गरे। परिमार्जनले २८…
Read More
बाहुण्डाँगी जेसीजद्वारा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण

बाहुण्डाँगी जेसीजद्वारा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण

मेचीनगर, झापा । बाहुण्डाँगी जेसीजले अति विपन्न अवस्थाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ। मेचीनगर–१ स्थित पवित्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा तीन जना विद्यार्थीलाई सहयोग सामग्री वितरण गरिएको हो। विद्यालयका शिक्षक तथा जेसीज सदस्य जेसी विष्णु अधिकारीका अनुसार बाँडिएको सामग्रीमा पोशाकसहित शैक्षिक सामग्रीहरू समावेश छन्। वितरण कार्यक्रम बाहुण्डाँगी जेसीज २०२५ का कानुनी सल्लाहकार जेसी अनिश काफ्लेको जन्मदिनको अवसर पारेर गरिएको हो। उहाँको आर्थिक सहयोगमा दुई जना विद्यार्थीलाई र शिक्षक अधिकारीको सहयोगमा एक जना विद्यार्थीलाई सामग्री प्रदान गरिएको अध्यक्ष जेसी नित्यानन्द चम्लागाईंले जानकारी दिनुभयो। कार्यक्रम अध्यक्ष चम्लागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि मेचीनगर–१ का वडाध्यक्ष तथा विद्यालय…
Read More
ne_NPNepali