ताप्लेजुङ । निरन्तर अविरल वर्षा सँगै आएको बाढीपहिरोले ताप्लेजुङमा ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन्। एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको छ भने आठ घर पूर्णरुपले क्षति भएका छन् । १८ घर उच्च जोखिममा रहेको र जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। जिल्ला प्रशासनले दिएको डाटाबेस अनुसार बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् भने चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ। बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेका छन् भने ११ परिवार नजिकैको विद्यालयमा बसेका…
झापा । प्रतिनिधि सभा तर्फ इलाम -१ मा भएको निर्वाचन मत परिणाममा असन्तुष्टि जनाउँदै २०७९ मंसिर २७ गते पुनः निर्वाचनको मागसहित एकीकृत समाजवादीका नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा खारेज भएको छ । रिट खारेज भएसँगै नेकपा एमालेका नेता महेश बस्नेतले वैधानिकता पाएका छन् । २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो। एमाले नेता बस्नेतले २५ हजार ७५३ मत प्राप्त गरेका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए।
झापा । हावाहुरी सँगै परेको अविरल वर्षाका कारण झापाको बिर्तामोड नगरपालिका- ८ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डको हर्चनादेखि प्याकुरेलसम्मको सडक खण्डमा १० वटा बिजुलीको पोल ढलेको छ । एउटा पोल सोही स्थानका नारायण श्रेष्ठको पक्की घरमा कोल्टिएर अड्केको, अर्को पोल सोही स्थानका कृष्ण श्रेष्ठको पक्की घरमा कोल्टिएर अड्केको र ८ वटा सोही स्थानका कामेश्वर श्रेष्ठको चिया बगानमा ढलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त पोलमा जडित बिर्तामोड नगरपालिकाबाट प्राप्त ५ ओटा सीसी क्यामेरा समेत पोल ढलेर खराब भएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाम। एउटा कुकुरलाई क्रुरतापुर्वक हत्या गरि भिडियो बनाएर सामाजिक संजाल "भुत प्रेत" नामक फेसबुक पेजमा राख्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ ३२ गते एउटा कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रुरतापुर्वक निर्मम तरिकाले हत्या गरी खाल्डो खनि पुरेको भिडियो अपलोड गरेर भाईरल बनाइएको थियोे । उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरीबाट उक्त भिडियो कसले अफलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने बिषयमा अनुसन्धान तथा खोजी कार्य भएको थियोे । सोही क्रममा इलाम जिल्ला देउमाई नगरपालिका ९ जितपुर बस्ने बर्ष २१को दिक्षान्त मोरोहाङ लिम्बु, सोही स्थान बस्ने बर्ष १७ को संगम लिम्बु र सोही स्थान…
ताप्लेजुङ । ताप्लेजुङमा बाढीपहिरोका कारण २५ घर परिवार विस्थापित भएका छन् । बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र सामान्य जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको सिदिङ्वा, सिरिजंगा, मिक्वाखोला फक्ताङ्लुङ गाउँपालिका र फुङ्लिङ नगरपालिका बाढी पहिरोको उच्च जोखिममा परेका छन्। सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका आठ घर उच्च जोखिममा रहेका छन् । उक्त आठ घरमध्ये सात घरका परिवारलाई सिंहेश्वरी आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ । एउटा परिवार छिमेकीकामा आश्रय लिएर बसेको जनाइएको छ । यस्तै सिरिजङ्घा गाउँपालिका–६ मामांखेका पाँच घर उच्च जोखिममा रहेका छन् । तीमध्ये चार परिवारलाई लक्ष्मी माध्यमिक विद्यालयमा…
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँ पालिका -२ खेजेनिम टिन्जामा बिहिवार मध्यरातमा गएको पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनिहरुका दुई सन्तानको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्ष ७० का रामवहादुर साम्रा, उनका श्रीमती वर्ष ४८ कि जसमाया लिम्वू, उनीहरुका दुई जुम्ल्याहा छोरीहरु बर्ष १० का गंगा र जमुना रहेका छन् । उक्त पहिरोमा परि अन्य दुई जना घाईते भएका छन् । सिंवा प्रहरी चौकीवाट प्रहरी टोलि,फुङलिङ नगरपालिका १० मित्लुङ हाइड्रोपावरमा रहेको नेपाली सेनाको टोलि सहित स्थानीयले पहिरोवाट शव निकालेको प्रहरीले जानकारी दिएको छ ।…
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तेह्रथुम जिल्ला इन्चार्ज जोखिम सी लाई प्रहरीले गिरफ्तार गरेको छ। पार्टी कामको शिलशिलामा रहेका उनलाई तेह्रथुम जिल्ला सदरमुकाम म्याङलुङ्ग बजारबाट हिँडीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तेह्रथुमले गिरफ्तार गरेको नेकपाले जनाएको छ। राजनैतिक परिवर्तनको खातिर जीवनभर कठिन संघर्षको इतिहास निर्माण गर्दै निरन्तर संघर्षरत नेता जोखिमलाई पार्टीको विचार र परिवर्तनको राजनीतिलाई जिल्लावासी जनताहरु विचमा प्रवाह गर्ने क्रममा राजनैतिक पुर्वाग्रहका साथ गिरफ्तार गर्नु गणतन्त्र र नागरिक अधिकार विरुद्ध रहेको र यसले राज्यको विधीको शासनको समेत धज्जी उडाएको नेकपाका कोशी इन्चार्ज दिपेश सीले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्। परिस्थीतीलाई अनावश्वक रुपमा उत्तेजित बनाउने प्रहरी प्रशासनको…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…