Skip to main content

Purbi Garjan

समाज

सेल्टरदाता कार्कीको निधनमा एमालेको शोक सभा

सेल्टरदाता कार्कीको निधनमा एमालेको शोक सभा

माईधार । शिवसताक्षी नगरपालिका वाडनम्वर १० माइधार निवासी सावित्रा देवी कार्कीको निधनमा नेकपा एमाले शिवसताक्षीले शनिवार शोक सभा सम्पन्न गरेको छ । २०२७ साल देखीको कम्युनिस्ट आन्दोलनमा अनवरत रुपमा सक्रिय राजनीतिक योद्धा तथा एमाले नेताका सेल्टर दाता समध्वज कार्कीको श्रीमती सावित्राको निधनमा एमालेले निवासमै पुगेर श्रद्वान्जली सभा सम्पन्न गरेको हो । शोक सभामा मन्तव्य राख्दै नेकपा एमाले की केन्द्रिय सदस्य मेनुका काफ्लेले कार्कीको मृत्युले पार्टी र समाजमा अतुलनीय क्षति पुगेको बताईन् । उनले पार्टी भुमिगत भएका बेला स्वर्गिय सावित्राले पार्टीका नेतालाई महिनौ सम्म खाना पकाएर ख्खाउने र तत्कालिन शासकले नभेट्ने गरी लुकाउने गरेको केन्द्रिय सदस्य काफ्लेले बताईन् । ‘उहाँ ईमान्दार,…
Read More
विश्व सरणार्थी दिवस : अझै घर फर्किने आशमा छन् भुटानी सरणार्थी

विश्व सरणार्थी दिवस : अझै घर फर्किने आशमा छन् भुटानी सरणार्थी

प्रविण अधिकारी झापा । आज विश्व सरणार्थी दिवस । धुमधामका साथ विभित्र कार्यक्रमहरु गरेर विश्वभर मनाइँदैछ। तर  झापाको दमक स्थित बेलडाँगी शिविरमा रहेका भुटानी सरणार्थीहरु भने उक्त दिवसमा खासै उत्साहित देखिँदैन । दमक स्थित  बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरु बिहिवार २४ औं विश्व शरणार्थी दिवस मनाउँदै गर्दा उनिहरु अझैसम्म मातृभूमि फर्किने आशमा बसिरहेका छन्। उनीहरुले शरणार्थी समस्या समाधान गर्न माग गर्दै धेरैपटक नेपाल सरकारलाई मात्रै नभएर संयुक्त राष्ट्रसंघ लगायतका दातृ निकायलाई  समेत आफुहरुलाई मातृभूमि फर्काइदिन हारगुहार गरिरहेका छन्। तर नेपाल सरकार र संयुक्त राष्ट्रसंघले उनिहरुलाई घर फर्काउनुको सट्टा बरु तेस्रो मुलुक पुनर्वास गर्ने योजना अघि सार्यो र सोही मौकामा सक्कली…
Read More
गृहमन्त्री लामिछाने एयरपोर्टमा ओर्लने बित्तिकै बिराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

गृहमन्त्री लामिछाने एयरपोर्टमा ओर्लने बित्तिकै बिराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा विद्यार्थीहरुले एउटा सरकारी गाडी जलाइदिएका छन् भने पाँचवटा गाडी तोडफोड गरेका छन् । मोरङको रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् । यसैगरी पाञ्चालीस्थित कन्चनजंघा पार्टी प्यालेस बाहिर पार्किङमा रोकेर राखेका पाँचवटा गाडीमा समेत तोडफोड गरिएको छ । गृहमन्त्री रबि लामिछाने विराटनगर एयरपोर्टमा उत्रिना साथ विद्यार्थीहरुले विराटनगरको शान्ति सुरक्षा कमजोर रहेको संकेत गर्दै आगजनी गरेका थिए । मोरङ क्याम्पस अगाडी सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को- १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् । प्रहरीका अनुसार…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने…
Read More
उज्यालो भविष्य संस्थाको स्थापना दिवस भव्य रुपमा सम्पन्न, सामाजिक व्यक्तित्वहरुलाई गर्यो सम्मान

उज्यालो भविष्य संस्थाको स्थापना दिवस भव्य रुपमा सम्पन्न, सामाजिक व्यक्तित्वहरुलाई गर्यो सम्मान

बलराम शिवाकोटी काठमाडौ, २५ जेठ । लामो समयदेखि बाल बालिकाको अधिकार, मानव सेवा, पर्यटन विकास, शैक्षिक जागरण तथा महिला लगायतका क्षेत्रमा कृयाशिल रहेको समाजिक संस्था उज्यालो भविष्य सस्था दोलखा आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरेको छ । संस्थाले आफ्नो स्थापनाको १० बर्ष पुरा भएको अवसरमा बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । बुधबार काठमाडौँमामा सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शताब्दि पुरुष (एक सय दुई बर्ष) हरि बहादुर वस्नेत, पत्रकार चिरञ्जीवी मास्के, सोलुखुम्बुको लिखुपिके गाँउपालिकाका प्रमुख मिना कार्की वस्नेत, साहित्यकार दामोदर प्रसाद न्यौपाने, समाजसेवी सविता उप्रेती, हेमा मानन्धर, खड्ग शिवाकोटी र मोहन खत्री र माया थामिलाई कार्यक्रमका प्रमुख अतिथि…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
Read More
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । यसअघि शुक्रवार एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि एक लाख ३८ हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Read More
ne_NPNepali