मेचीनगर । मेचीनगर नगरपालिकाको आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षा क्षेत्रलाई समेटिएको छ । सोमबार प्रस्तुत गरेको प्रस्तावित बजेटमा शिक्षा सम्बन्धि २० बुँदा समावेश छन् । शिक्षालाई प्राथमिकता दिने प्रतिवद्धता अनुसार नगरपालिकाले शिक्षालाई सञ्चार र प्रविधिसँग जोड्ने देखि शिक्षक, कर्मचारी तथा प्रारम्भिक बाल कक्षाका सहजकर्ताको पारिश्रमिकलाई निरन्तरता दिइने उल्लेख छ । त्यस्तै विद्यालयमा शैक्षिक विकासका लागि प्रविधिमैत्री शिक्षक तालिम सञ्चालन गर्ने उल्लेख छ । विद्यालयका प्रअ तथा विव्यसका पदाधिकारीहरुका लागि असल अभ्यास भएका विद्यालय तथा पालिकाको अवलोकन भ्रमणको व्यवस्था गर्ने उल्लेख छ । त्यस्तै गुणस्तर सुधारका लागि विव्यस, शिअसं, बाल क्लब पदाधिकारी र शिक्षकहरुको क्षमता विकासका…
विनोद सापकोटा सुरुङ्गा । कनकाई नगरपालिका वडा नम्बर ३ को प्यारागन एकाडेमिले यस वर्षदेखि कक्षा ११ मा पनि अध्यापन गराउने भएको छ । पूर्व प्राथमिक तहदेखि कक्षा १० सम्म यस अघि सञ्चालन भएको प्रविधि र पूर्वाधारयुक्त सो विद्यालयले व्यवस्थापन समूहमा कम्प्युटर विज्ञानको साथ अध्ययन अध्यापन गराउने सोमबार पत्रकार सम्मेलन गरेर विद्यालय सञ्चालकले जानकारी दिएको छ। विद्यालयकी संस्थापक तथा सञ्चालन समितिकी अध्यक्ष चम्पा खनाल सुवेदीले कन्काई नगरपालिकाको निजी विद्यालयतर्फ अब्बल प्यारागन एकाडेमीले कक्षा ११ मा पनि अध्ययन अध्यापन गराउने बताइन्। ’एसईई को रिजल्ट आए लगत्तै विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ,' उनले भनिन् । विद्यालयले कक्षा ११ सञ्चालनका निमित्त सबै तयारी पूरा…
झापा । बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएसँगै सञ्चालक दुर्गा प्रसाईंले अब यसलाई विश्वविद्यालय बनाउने सम्मको तयारी रहेको घोषणा गरेका छन्। आज बिहिवार पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईंले अब सुदूर पूर्वमा पनि मेडिकल कलेज खुलेको र मेडिकल कलेजलाई एउटा प्राइभेट युनिभर्सिटी बनाउने इच्छा रहेको बताएका छन्। युनिभर्सिटी बनाउन पायो भने कमसेकम एक लाख मान्छेले रोजगारी पाउने पनि प्रसाईंले बताएका छन्। मेडिकल कलेजले लामो समयदेखि सम्बन्धन नपाएपछि उनले सात वर्ष अगाडि सर्वोच्चमा मुद्दा हालेका थिए । उक्त मुद्दामाथि फैसला गर्दै सर्वोच्चले १५ दिनभित्रमा सम्बन्धन दिन आदेश जारी गरेको थियो । सोही आधारमा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको मंगलबार बसेको बैठकले सम्बन्धन दिने…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
बलराम शिवाकोटी काठमाडौ, २५ जेठ । लामो समयदेखि बाल बालिकाको अधिकार, मानव सेवा, पर्यटन विकास, शैक्षिक जागरण तथा महिला लगायतका क्षेत्रमा कृयाशिल रहेको समाजिक संस्था उज्यालो भविष्य सस्था दोलखा आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरेको छ । संस्थाले आफ्नो स्थापनाको १० बर्ष पुरा भएको अवसरमा बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । बुधबार काठमाडौँमामा सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शताब्दि पुरुष (एक सय दुई बर्ष) हरि बहादुर वस्नेत, पत्रकार चिरञ्जीवी मास्के, सोलुखुम्बुको लिखुपिके गाँउपालिकाका प्रमुख मिना कार्की वस्नेत, साहित्यकार दामोदर प्रसाद न्यौपाने, समाजसेवी सविता उप्रेती, हेमा मानन्धर, खड्ग शिवाकोटी र मोहन खत्री र माया थामिलाई कार्यक्रमका प्रमुख अतिथि…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
Chuda Prasad Dhakal, PhD Institute of Agriculture and Animal Sciences, Tribhuvan University 1. Background Statistics can be defined as the science of learning from data. According to Sermento and Costa (2019), one of its primary goals is to extract information from data to gain a better understanding of the situations it represents. Statistical analysis, on the other hand, involves investigating trends, patterns, and relationships using quantitative data (A step-by-step guide to statistical analysis, n.d.). DePoy et al. (2016) also note that statistical analysis involves the organization and interpretation of data according to well-defined, systematic, and mathematical procedures and rules. In…
काठमाडौँ । ‘नेपालको सामाजिक तथा राजनीतिक परिवेशमा पठन संस्कृति ओझेल हुँदै गइरहेको सन्दर्भमा ज्ञानशाला अनुसन्धान केन्द्रको निर्माणले नयाँ आयाम थपेको’ भाषा आयोगका सदस्य मातृका पोखरेलले बताउनु भयो । भाद्र २४ गतेका दिन केन्द्रको औपचारिक रूपमा उद्घाटन गर्दै वहाँले सो धारणा राख्नुभएको हो । काठमाडौँको १६ नं. वडास्थित नयाँबजारको उत्तम चोकमा खुलेको अनुसन्धान केन्द्रको उद्घाटन गर्दै प्राज्ञ पोखरेलले ‘सामाजिक तथा राजनीतिक क्षेत्रमा विकृतिहरू बढ्दै जानुमा ज्ञानको गहिराई सम्म पुग्ने प्रवृत्ति हट्दै जानु हो’ बताउनु भयो । उद्घाटन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरी, समाजसेवीहरू घनश्याम न्यौपाने, रामदेव पाण्डे, हेमराज आश्रम, सुवास देवकोटा, भक्ति लामिछाने, सुवास जि.सी., सुकदेव दाहाल,…