Purbi Garjan

स्वास्थ्य

मेचीनगर-६ मा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र वितरण

मेचीनगर-६ मा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र वितरण

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पुस १५ गतेसम्म सञ्चालन हुने यो अभियानबाट आजसम्म ६ वटा वडाका अपाङ्गता भएका मानिसहरुले लाभ लिइसकेका छन् । पुस १ गतेदेखि सञ्चालन भएको कार्यक्रम अहिलेसम्म ६ नं वडासम्म कार्यक्रम सम्पन्न भइसकेको छ। नयाँ तथ्याकं अनुसार मेचीनगर वडा नम्बर ६ मा २१६ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । शनिबार मेचीनगर ६ वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा उनीहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिएको मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गले जानकारी दिए । उनले अभियानमा सबै लक्षित वर्गको…
Read More
मेचीनगर ४ मा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण

मेचीनगर ४ मा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पुस १ गतेदेखि सञ्चालन भएको उक्त कार्यक्रम अहिलेसम्म ४ वटा वडाका अपाङ्गता भएका नागरिकले लाभ लिइसकेका छन् । सोमबार मेचीनगर १ नं वडाबाट सुरू भएको उक्त कार्यक्रम नगरको पन्द्रवटै वडामा सञ्चालन हुनेछ । पुस २ गते २ नम्बर वडामा सम्पन्न गरेको अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम बुधबार वडा नम्बर ३ र पुस ४ गते बिहिबार मेचीनगर ४ मा सञ्चालन भएको छ । यस वडामा नयाँ तथ्यांक अनुसार १२४ जना अपाङ्गता भएका…
Read More
मेचीनगर: नगर अस्पतालमा बेबी वार्मर मेसिन थपियो, अब नवजात शिशुलाई थप सहज हुने

मेचीनगर: नगर अस्पतालमा बेबी वार्मर मेसिन थपियो, अब नवजात शिशुलाई थप सहज हुने

मेचीनगर । झापाको मेचीनगर मेचीनगरद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सुविधा युक्त बेबी वार्मर मेसिन थपिएको छ । यो संगै अब यस अस्पतालमा जन्म लिएका नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न यसले थप मद्दत पुर्याउने छ । चौबीसै घण्टा प्रसुति सेवा प्रदान गर्दै आएको यस नगर अस्पतालमा आज एक कार्यक्रमका बिच ज्योति विकास बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत नगरपालिकाको प्रसुित गृहलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित ८७ हजार पाँच सय मूल्य पर्ने बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बेबी वार्मर नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने मेसिन हो । यसको प्रयोगसंगै अस्पतालमा नवजात शिशुको शारिरिक तापक्रम उचित…
Read More
बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा प्रवेश , छिट्टै विस्तारको तयारीमा

बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा प्रवेश , छिट्टै विस्तारको तयारीमा

बिर्तामोड । बिर्तामोड-१ स्थित झापाको पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ दोस्रो वर्ष पार गर्दै तेस्रो वर्षमा प्रवेश गरेको छ। आज झापाली पत्रकारहरुबीच हस्पिटल परिवारले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । आफूहरुले दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको तेस्रो वर्ष मनाएको हो । बालबालिकाको मात्रै उपचार गर्ने छुट्टै अस्पतालको रुपमा स्थापित हस्पिटल २०७९ असोज १० गतेबाट सुरु भएको थियो । १ भेन्टिलेटर, ४ एनआईसीयू, ५ पीआईसीयू र ५ नर्मल बेडसहित १५ वटा शैयासहित हस्पिटल सुरु भएको अस्पतालका प्रबन्ध निर्देशक तथा बाल रोग विशेष डा. रुपक आचार्यले बताए । उनले छिट्टै नै अस्पताल सेवा विस्तार गर्ने तयारीमा…
Read More
मेचीनगरले सञ्चालनमा ल्यायो नगर आधारभूत अस्पताल

मेचीनगरले सञ्चालनमा ल्यायो नगर आधारभूत अस्पताल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगरबासीको स्वास्थ्य सुरक्षामा चासो राख्दै स्वास्थ्य सेवा विस्तारलाई तिब्रता दिइरहेको छ । नगरको पन्द्रवटै वडामा यस अघि नै प्राथमिक स्वास्थ्य सेवा केन्द्र मार्फत वडाबासीलाई वडामा स्वास्थ्य सेवा पुर्याइरहेको  नगरपालिकाले आजदेखि धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सेवा सुविधा सहित स्तरवृद्वि गरी नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएको हो । मेचीनगर - १० स्थित धुलाबारी मोडमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई थप बिशेषज्ञ डाक्टरसहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालन गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच सहज रूपमा पुर्याउने उदेश्यले नगरपालिका लागि रहेको बताउँदै उनले भने ४ जना एमबिबिएस डाक्टरसहित सेवा सञ्चालन…
Read More
लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम विर्तामोडमा सम्पन्न

लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम विर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोड स्थित ग्रिन फिल्ड वर्ल्ड स्कुलमा कार्यशाला गर्दै दुई दिने लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनविरुद्ध र बालश्रमविरुद्ध सचेतना प्रशिक्षण दिइएको थियो । पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो । झापा टुडे मिडिया प्रालिको आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रमको पहिलो दिन हिजो बिर्तामोड-१ मा रहेका वाल्मीकी एजुकेसन फाउन्डेसन र मनकामना सेकेन्डरी स्कुलका विद्यार्थीहरुबीच कार्यक्रम गरिएको थियो । कार्यक्रममा ग्रिन फिल्ड…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
Read More
ne_NPNepali