Purbi Garjan

माइ वर्ल्ड रिकन्डिसन सर्भिस सेन्टर मेचीनगरद्वारा विद्युतीय सवारीको बिक्री सुरु

माइ वर्ल्ड रिकन्डिसन सर्भिस सेन्टर मेचीनगरद्वारा विद्युतीय सवारीको बिक्री सुरु

मेचीनगर। झापाको मेचीनगर नगरपालिका वडा नम्बर -७ मा एक वर्षअघि देखि सञ्चालनमा आएको माइ वर्ल्ड रिकन्डिसन सर्भिस सेन्टरले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे विद्युतीय सवारीको बिक्री सुरु गरेको छ । विद्युतीय ऊर्जाको नियमित उपलब्धतासँगै सर्भिस सेन्टरले विद्युतीय सवारी बिक्रीमा हात हालेको सञ्चालक ओमप्रकाश खापुङले जानकारी दिए। कोशी प्रदेशका प्रमुख परशुराम खापुङ र प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले संयुक्त रुपमा विद्युतीय सवारीको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खापुङले स्वदेशमै लगानी गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने व्यावसायिक युवाका पक्षमा सरकारले सहयोग गर्नुपर्ने बताए । देशमा केही भएन भन्नेहरुका लागि उदाहरणीय कार्य रहेको प्रशंसा गर्दै खापुङले सरकारको नीति तथा कार्यक्रम…
Read More
वाल्मीकि र मनकामनामा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

वाल्मीकि र मनकामनामा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

बिर्तामोड । झापाको बिर्तामोडमा लागुऔषध दुर्व्यसन सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो । झापा टुडे मिडिया प्रालिको आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रमको पहिलो दिन बिर्तामोड(१ मा रहेका वाल्मीकि एजुकेसन फाउन्डेसन र मनकामना सेकेन्डरी स्कुलका विद्यार्थीहरुबीच कार्यक्रम गरिएको थियो । कार्यक्रममा वाल्मीकिबाट १७१ जना र मनकामनाबाट १४३ जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड वडा नम्बर १ का वडा अध्यक्ष अग्निप्रसाद…
Read More
अखिल (समाजवादी ) झापाको अध्यक्षमा डिपी सी

अखिल (समाजवादी ) झापाको अध्यक्षमा डिपी सी

झापा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी ) झापाको अध्यक्षमा डीपी सी चयन भएका छन्। हिजो विर्तामोडमा सम्पन्न बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सुमनसिंह सी को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले १० जना पदाधिकारी समेत चयन गरेको छ। संगठनले उपाध्यक्षमा क्रमशः अंकिता सी, भिषण सी र प्रदीप सीलाई चयन गरेको छ भने सचिवमा रोशन सी, सह- सचिवमा क्रमशः सरस्वती सी, रमेश सी, अनिता सी र सजिना सी लाई चयन गरेको छ भने कोषाध्यक्षमा सविना सीलाई चयन गरेको छ। बैठकले आगामी दिनमा सबैखाले शैक्षिक बेथितिहरु विरुद्ध संघर्ष गर्ने र संगठनलाई सुदृढ बनाउन…
Read More

महिला सँधै जित्ने बर्ग हो, हारेको इतिहास छैन : प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले महिला बर्ग संधै जित्ने बर्गका रुपमा स्थापित भएको बताएका छन् । शनिबार काठमाडौंमा बसेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागमति प्रदेशको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रकाण्डले इतिहास हेर्दा अपवादबाहेक महिलाले संधै जित्ने गरेको बताए । नेकपा बागमती प्रदेश इन्चार्जसमेत रहेको प्रकाण्डले विश्वका कुनै पनि क्रान्ति महिलाको सहभागिता बिना सम्भव नभएको तर्क गर्दै नेपालमा एकीकृत जनक्रान्ति पनि महिला सहभागिताविना सम्भव नहुने बताए । ‘जनयुद्धमा हजारौं महिलाको सहभागिता रहेको थियो । उहाँहरुले ठूलो संघर्ष र बलिदान पनि गर्नुभएको छ । उहाँहरुको बलिदानका कारण नेपालमा महिलालाई ३३ प्रतिशत अधिकार प्राप्त भएको…
Read More
भ्रष्टाचार, बलात्कार जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न हाम्रो पार्टी संघर्षमा छ : दिपेश सी

भ्रष्टाचार, बलात्कार जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न हाम्रो पार्टी संघर्षमा छ : दिपेश सी

दयपुर । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज दिपेश सीले देशमा भएको राजनैतिक, आर्थिक, भ्रष्टाचार, बलात्कार जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न आफूहरु संघर्षमा रहेको बताएका छन् । शनिबार नेकपा कटारी नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पाटीले देशैभर यस्ताखालका अपराधिक घटनाहरुका विरुद्धमा संघर्ष गरिरहेको बताउँदै यो व्यवस्थाका कारण जनताले दुःख पाएको बताए । १० बर्ष महान जनयुद्धमा उदयपुरबाट आफ्नो ज्यान बलिदान गर्नु हुने महान सहिदहरुलाई सम्झदै उनले अधुरो क्रान्तिलाई पुरा गर्नका लागि नेकपा जनताको मुद्दा लिएर अगाडि बढेको जानकारी गराए । उनले देशले अर्थतन्त्र वृद्धि हुनेगरीको उत्पादन गर्न नसकेका कारण नेपाली दाजुभाइ…
Read More
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
Read More
साउदी प्रो लिगको उपाधि अल हिलाललाई

साउदी प्रो लिगको उपाधि अल हिलाललाई

काठमाण्डौ – साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ । गएराति भएको खेलमा अल हिलालले अल हाजमलाई ४–१ गोल अन्तरले हराउँदै यो सिजनको उपाधि जितेको हो । अल हिलालको यो १९ औँ लिग उपाधि हो । अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले दुई तथो सेर्गेज मिलिन्कोभिकले एक गोल गरे । उसले एक गोल उपहार पायो । अल हाजमका फैज सेलेमानीले एक गोल फर्काए । अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलमा ८९ अङ्क जोडेको छ । उपाधि जितेको अल हिलालले लिगमा तीन खेल खेल्न बाँकी छ । दोस्रो स्थानमा रहेको अल नासर ३१ खेलमा ७७ अङ्क छ । अल नासर…
Read More
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । यसअघि शुक्रवार एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि एक लाख ३८ हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Read More
विनय कसजू स्मृतिग्रन्थ लोकार्पण

विनय कसजू स्मृतिग्रन्थ लोकार्पण

काठमाण्डौ – वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको छ । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा आज एक कार्यक्रमकाबीच विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको हो । स्मृतिग्रन्थ विनय कसजू स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । कसजूको २०७६ साल मङ्सिर १० गते निधन भएको थियो । उहाँ नेपाली पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्ति हुनुहुन्थ्यो । ग्रामीण पत्रकारितालाई अघि बढाउन पनि कसजूको ठूलो योगदान छ । उहाँले गाउँले जनजीवनका लागि उपयोगी गाउँले देउराली भित्ते पत्रिकाको प्रकाशन शुरु गर्नुभएको थियो । अहिले पनि पाल्पामा गाउँले देउराली पत्रिका लोकप्रिय रहेको छ । बालसाहित्यतर्फ कसजूका एक सय वटाभन्दा धेरै कृति प्रकाशित भएको छ…
Read More
भारतको प्याज राजनीतिले नेपाली बजारमा पर्ने असर

भारतको प्याज राजनीतिले नेपाली बजारमा पर्ने असर

दक्षिण एशियाका नागरिकका लागि प्याजको आफ्नै विशेष महत्व छ । विश्वमै धेरै प्याज उत्पादन गर्ने देश भारत पनि हो । नेपालमा जति प्याज आयात हुन्छ, त्यसको ९० प्रतिशत चाहिँ भारतबाटै हुन्छ । भारतमा प्याज भान्सामा मात्रै सीमित बनेको छैन । त्यहाँका लागि यो त राजनीतिक वस्तु नै हो भन्दा फरक नपर्ला । यसको उत्पादनले भारतीय नागरिकलाई त पुग्छ । साथै देशमा कुनै वस्तु बढी उत्पादन हुने र कुनै वस्तु कम हुने हुँदा त्यसले केही प्रभाव अवश्य पार्छ । भारतकै पनि सबैभन्दा बढी प्याज उत्पादन महाराष्ट्र प्रदेशमा हुन्छ । अहिलेको असर प्याज कम भएर होइन । महाराष्ट्रमा प्याज प्रशस्त छ ।…
Read More